Logo

कोरोनाको कहर: विश्वभर दुई लाख ५८ हजारको मृत्यु



जेनेभा,वैशाख २४ । कोरोना भाइरसका कारण विश्वभर दुई लाख ५८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३७ लाख ३० हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा पाँच हजार सात सय ८७ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन, फ्रान्स र बेलायतमा २४ घण्टाको अवधिमा मृत्युदरमा सामान्य गिरावट आएको छ । विगत २४ घण्टामा इटालीमा दुई सय ३६, स्पेनमा एक सय ८५, फ्रान्समा तीन सय ३० र बेलायतमा ६ सय ९३ जनाको ज्यान गएको छ ।

संयुक्तराज्य अमेरिकामा पछिल्ला २,३ दिनसम्म मृत्युदर केही कम रहे पनि विगत २४ घण्टामा एकाएक मृत्यु हुनेको संख्या बढेको छ । विगत २४ घण्टामा अमेरिकामा दुई हजार तीन सय ५० जनाको ज्यान गएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्