Logo

कोरोनाको संक्रमणबाट दुबईमा एक नेपालीको मृत्यु



काठमाडौं, बैशाख २४ । कोरोना संक्रमणका कारण अर्घाखाँचीका एक जनाको दुबैमा मृत्यु भएको छ ।

मृतक अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–८ नुवाकोट च्युरामाटीका ४७ बर्षिय युवराज गैरे रहेका छन् । उनी बिगत १५ वर्षदेखि दुबईमा कार्यरत थिए ।

सुरुमा निमोनिया देखिएर अस्पताल भर्ना भएका उनको कोरोना भाइरसका कारण ज्यान गएको हो ।



प्रतिक्रिया दिनुहोस्