Logo

बौद्ध दर्शनानुसार शान्ति र सामाजिक न्यायका लागि प्रतिबद्ध छुः मुख्यमन्त्री गुरुङ



चिप्लेढुङ्गा, २५ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बौद्धदर्शनले बौद्ध धर्मावलम्बीलाई मात्र नभएर समग्र विश्व मानवजातिलाई नै मार्गनिर्देश गरेको बताएका छन् । दुई हजार ५६४ औँ बौद्धजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सिद्धार्थ गौतम बुद्धकै कारण विश्व मानचित्रमा नेपाललाई बुद्धको देश र बुद्ध दर्शनको उद्गमस्थलका रुपमा परिचित गराउन सफल भएको उल्लेख गरेका छन्।

संंसारमा दुःख छ, दुःखको कारण छ, दुःख हटाउने उपाय छन् र दुःख निवारण गर्न सकिन्छ भन्ने बौद्ध दर्शनबाट प्रेरित हुँदै शान्ति र सामाजिक न्यायसहितको समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सार्थक पार्ने अभियानमा आफ्नो ठाउँबाट निष्ठापूर्वक लाग्न आफू प्रतिबद्ध भएको उनले बताएका छन् ।

मुख्यमन्त्री गुरुङले कोरोना भाइरसविरुद्ध केही समय धैर्य र मजबु एकताका साथ जुध्न एवम् उच्च सतर्कता र तयारीमा जुट्न आजको ऐतिहासिक दिनले हामी सबैलाई थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि गरेका छन् ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्