Logo

साझा प्रयास र एकताको बलमा महामारीलाई परास्त गर्ने सक्ने प्रधानमन्त्री ओलीको विश्वास



काठमाडौँ, २५ वैशाख : प्रधानमन्त्री के पी शर्मा ओलीले सरकारले चालेको प्रभावकारी कदम र सम्बद्ध सबैको रचनात्मक सहयोगका कारण कोरोना भाइरसको सङ्क्रमणबाट हालसम्म नेपालमा कुनै पनि मानवीय क्षति नभएको स्पष्ट पारेका छन् ।

“यो हामी सबैका लागि सन्तोषको कुरा हो । यस महामारीबाट विश्वभरि ज्यान गुमाउने सबैप्रति म, भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्छु । साथै सङ्क्रमित सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्छु”, उनले सन्देशमा भने, “विश्वव्यापी साझा प्रयास र एकताको बलमा यस महामारीलाई परास्त गरी मानव समुदायको जीवनरक्षा गर्न सफल हुनेमा म विश्वस्त छु ।” File Photo



प्रतिक्रिया दिनुहोस्