Logo

बुद्धका उपदेश उत्तिकै सान्दर्भिक : मुख्यमन्त्री पौडेल



हेटौँडा, २५ वैशाख : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुद्धको उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । बुद्ध पूर्णिमाको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले विश्वशान्तिका अग्रदूतको जन्म, गृहत्याग, ज्ञान प्राप्ति तथा महापरनिर्वाण प्राप्त गरेको पवित्र दिनका अवसरमा कोरोनाको कहरबाट विश्वले मुक्ति पाओस् भन्ने कामना गरेका छन् ।

मुख्यमन्त्री पौडेलले बुद्धले दिएका हिंसा नगर्नु, असत्य नबोल्नु, कसैको धन सम्पत्ति चोरी नगर्नु, ब्रह्मचार्य व्रतको पालना गर्नु र आवश्यकभन्दा बढी धनको सङ्ग्रह नगर्नु भन्ने लगायत जीवनोपयोगी हजारौँ उपदेशहरु रहेकाले बुद्धलाई हिन्दू तथा जैनहरुले समेत विभिन्न अवतारका रूपमा पुज्ने र सम्मान गरेको सन्देशमा उल्लेख छ ।

सन्देशमा कोरोनाको कहरले विश्वलाई नै सताइरहेको वर्तमान अवस्थामा बुद्धको जन्मभूमि नेपाल पनि त्यसबाट अछुतो हुन नसकिरहेको अवस्थामबाट नेपालसहित विश्वले मुक्ति पाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गरिएको छ ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्