Logo

सानिमा जनरलको खुद नाफा करिब ३ करोड



काठमाडौँ २५ वैशाख : सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ८९ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ८५ लाख ९८ हजार रुपैयाँ बढी हो।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २ करोड ३ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क ६ करोड ६५ लाख रुपैयाँ बढेर ९ करोड ४२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै, इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ४ करोड ८३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ९५ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ करोड ७७ लाख रुपैयाँ, बीमाकोषमा ४ करोड ४१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४४ लाख ३ हजार रुपैयाँ सञ्चित छ।

यस अवधिमा इन्स्योरेन्सले ३१ हजार ८७२ वटा बीमालेख जारी गरी २६ करोड ३३ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। यस्तै, ६३२ वटा दाबी बापत कम्पनीले ५ लाख ५७ हजार रुपैयाँ भुक्तानी गरेको छ भने ३५० दाबी बापत १० करोड ४९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्