Logo

शेयर बजार जेठ पाँचसम्म बन्द



काठमाडौँ २५ वैशाख : मन्त्रीपरिषद्को बैठकले आगामी १० दिन लकडाउन थप गर्ने निर्णय गरेसँगै शेयर बजार पनि तत्काल नखुल्ने देखिएको छ।

अहिलेकै हिसाबमा लकडाउन भए शेयर बजार बन्द नै रहने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए। लकडाउन जति खुकुलो हुन्छ सोहि अनुसार शेयर बजार खुलाउने उनले जानकारी दिए।

‘लकडाउन केहि खुकुलो भयो भने बजार पनि केहि सोही हिसाबले खुलाउछौ’ उनले भने।

देश लकडाउनमा गएसँगै शेयर बजार समेत गत डेढ महिनादेखि बन्द रहेको छ। यसअघि बैशाख २६ गतेबाट बजार खुलाउने तयारी गरेपनि लकडाउन खुकुलो नभए बजार बन्द नै गर्ने ढुंगाना बताउछन्।

लकडाउनको मोडालिटीमा परिवर्तन सम्बन्धि जानकारी सार्वजनिक भएपश्चात मात्र शेयर बजार खोल्ने कि बन्द नै रहने निर्णय गरिने नेप्सेका सिईओ चन्द्रसिंह साउदले बताए। मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्