Logo

लोमसको ‘ह्याण्ड-एक्स’ ह्याण्ड स्यानिटाईजर ५ सय एमएलको बोतलमा पनि



काठमाडौं, २५ वैशाख । औषधि उत्पादक कम्पनी लोमस फार्मास्युटिकलले ‘ह्याण्ड-एक्स’ ह्यान्ड स्यानिटाइजर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरि बजारमा ल्याएको छ। विगत तीन दशकदेखि औषधी उत्पादन गर्दै आएको लोमसले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण हुन नदिन प्रयोग गरिने स्यानिटाइजर स्वदेशमा नै उत्पादन गर्ने उद्देश्यले उत्पादन थालेको जनाएको छ ।

सुरुमा कम्पनीले एकसय एमएलको बोतलमा स्यानिटाइजर बजारमा ल्याएको थियो । उपभोक्ताको सन्तुष्टि र बजारको बढ्दो माग अनुसार ५ सय एमएलको बोतलमा पनि उत्पादन गरेर बजारमा पठाइएको कम्पनीका प्रवन्धक प्रनव जंग पाण्डेले जानकारी दिए।

उनले स्यानिटाइजर नेपाल सरकारको अनुमति तथा विश्वस्तरीय मापदण्ड अनुसार उत्पादन गरिएको जानकारी दिए । पाँच सय एमएलको बोतलको स्यानिटाइजरको बजार मूल्य ५ सय १५ रुपैयाँ पर्ने छ। बजारमा यो स्यानिटाइजर सबै औषधि पसल तथा डिपार्टमेन्टल स्टोरहरुमा पाइने पाण्डेले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्