वैशाख २५, काठमाण्डौ । सत्तारुढ दल नेकपा सचिवालय बैठकमा सहमति हुन नसकेपछि आज बस्ने भनिएको स्थायी कमिटि बैठक हिजो साँझ स्थगित गरियो ।
अब बैठक कहिले बस्छ भन्ने अन्योल भइरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल सकिएपछि दुई दिनभित्र स्थायी कमिटीको बैठक बोलाउने दाबी गरेका छन् ।
आन्तरिक गृहकार्य नपुगेकाले बिहीबारका लागि बोलाइएको पार्टीको स्थायी कमिटी बैठक स्थगित भएको बताएका छन् ।
भोलिदेखि बस्ने संसदको बजेट अधिबेशनका लागि कोरोना परिक्षण गराउन संसद भवन पुगेका दाहालले
संक्षिप्त प्रतिक्रिया आन्तरिक गृहकार्य नपुगेर बैठक बस्न नसकेको बताए । “अलि गृहकार्य नपुगेकै हो । दुवै अध्यक्षले बैठक एक दुई दिनभित्र बोलाउँछौं ।” उनले भने ।