Logo

कुन्तीको जन्म र मृत्यु



यदुवंशको प्रसिद्ध राजा शुरसेन श्रीकृष्णको हजुरबुवा थिए, जसको एक पृथा नाम गरेकी छारी थिइन् । शुरसेनले भाई कुन्तीभोजको कुनै सन्तान नभएकाले वचन दिएका थिए आफ्नो पहिलो सन्तान दिन्छु भनेर । फलस्ंवरुप पृथालाई शुरसेनले गोदमा लिएका थिए । त्यसपछि पृथाको नाम कुन्ती भयो । उनको सम्पुर्ण पालनपोषण कुन्तीभोजले गरे ।

कुन्ती यदुवंशको राजा शुरसेनको छोरी, वासुदेवको बहिनी, कृष्णको फुपु, पाण्डुको पत्नी र पाण्डवहरमा तीन ठुला दाईहरुको माता हुन् । एक पटक कुन्तीले घरमा आएका दुर्वासा ऋषिलाई धेरै सेवा गरिन् उनको सेवामा प्रसन्न भएर दुर्वासाले आर्शिवाद दिए ‘ जुन देवताको ध्यान गरी मन्त्र उच्चारण गरेमा उत्तः देवता समानको छोरा प्राप्त हुनेछ ’ । उक्त समयमा कुन्तिले सुर्यदेवको स्तुति गरिन् जसको फलस्वरुप महारथी कर्णलाई सन्तानको रुपमा प्राप्त गरिन् । यसपछि पाण्डुसंग विवाह भएपछि उनले युधिष्ठिर, भीम र अर्जुन प्राप्त गरिन् ।

महाभारतको युद्ध समाप्त भएपछि धृतराष्ट्र, गान्धारी, कुन्ती, विदुर र संजय भगवान भक्ति गर्ने उद्देश्यले वनवास लागे । वनमा एक आश्रम निर्माण गरी निवास गर्न थाले । एक दिन जब गंगा स्नान गरे आफ्नो आश्रममा फर्कदै थिए तब उक्त वनमा भिषण आगोलागी भयो । आगोबाट बच्न धृतराष्ट्र, गान्धारी र कुन्तीले धेरै प्रयास गरेपनि आफ्नो कमजोरीको कारण निस्कन असफल भए र आगोमा आफ्नो प्राण त्याग्ने सकल्प गरे र मनलाई एकाग्र गरी एक स्थानमा समाधीमा लीन भए जसको कारण तीनै जनाको मृत्यु भयो । यसपछि पाण्डव स्वर्ग र भगवान श्रीकृष्ण बैकुण्ठ धाम गएपछि तब कलियुगको आरम्भ भएको पाइन्छ । (धार्मिक ग्रन्थको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्