Logo

कोरोना देखिएपछि उच्च सतर्कता



काठमाडौँ, २६ वैशाख । वीरगन्ज महानगरपालिका वडा न.३ छपकैयामा एकै दिन १७ जनामा कोरोना पोजिटिभ भेटिएपछि पर्सा जिल्लाको सुरक्षा सर्तकता अत्यन्त कडा बनाइएको छ । कोरोना सङ्क्रमित भएकाहरूसँग सम्पर्कमा आएकाहरूको व्यापक खोजतलास पनि भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एंव प्रवक्ता ललितकुमार बस्नेतले बुधबार बीरगन्ज महानगरपालिका वडा न. ३ छपकैयामा एउटै परिवारका १७ जनामा कोरोना देखिएपछि सुरक्षा व्यवस्थामा कडा पारिएको जानकारी दिएका छन् । उनका अनुुसार बिहीबार बिहानदेखि वडा नं १,२ र ३ लाई पूूर्णरूपमा सिल गरी सुरक्षा सत्र्तकता अत्यन्त कडा बनाई बिहीबारदेखि नै उनीहरूको सम्पर्कमा आएका ब्यक्तिहरूको पहिचान गरी खोज कार्य भइरहेको बताएका छन् । प्रवक्ता बस्नेतले सुरक्षाको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण स्थानको रुपमा रहेको वीरगन्जको पावर हाउस चोकदेखि रजतजयन्ती (मेनरोड) चोकसम्मको मुख्य बाटोमा अत्यावश्यक सवारीका साधन एम्बुलेन्स, औषधि बोकेका सवारी साधन बाहेकका सवारी पस्न दिइएको छैन ।

जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको पास नभएका सवारीका साधनहरूमा पूूर्णरूपले रोक लगाइएको छ । भीडभाड हुने ठाउँ हाटबजारमा थप सुरक्षाकर्मी परिचालन गरी सुरक्षा ब्यस्था कडा पारिएको उनले जानकारी दिएका छन् । नारायणी अस्पतालका प्रमुख डा. मदनकुमार उपाध्यायले हाल नारायणी अस्पतालमा कोरोना संक्रमित २८ जनालाई आइसोलेशन कक्षमा राखी उपचार भइरहेको बताएका छन् । कोरोना संक्रमितहरुको सङ्ख्या बढने सम्भावना उच्च रहेकोले सोही अनुसारको ब्यवस्था अस्पतालले मिलाउन लागेको र पीसीआर प्रविधिबाट थ्रोट स्वाब परीक्षण गर्ने कार्य पनि तीब्ररुपमा भइरहेको उनको भनाइ छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्