Logo

विद्युत् उत्पादन अनुमतिपत्रमा कडाई गर्ने सरकारको संकेत



काठमाडौं, २६ वैशाख । सरकारले जलविद्युत् उत्पादन अनुमति पत्रमा कडाई गर्ने संकेत गरेको छ । पछिल्लो समय जलविद्युत् उत्पादन अनुमति वितरण सहज हुँदा भएको लगानीसमेत जोखिमपूर्ण र विद्युत् उत्पादन पनि अनिश्चित हुने अवस्था अन्त्य गर्न ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्रालयले लगानीकर्ता चयनमा विशेष ध्यान दिने जनाएको छ ।

ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले विगतमा जलविद्युत क्षेत्रमा खराब मानसिकता र प्रवृत्तिका मानिस पनि प्रवेश गरेको पाइएको र उनीहरुका व्यवसायिक लगानीकर्ता समस्यामा पर्ने अवस्था आउन लागेकाले त्यस्तो विशेष ध्यान दिन लागिएको जानकारी दिएका छन् । विद्युत् नियमन आयोगको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पुनले भने, ‘विगतमा जसरी अव सामान्य प्रक्रिया पूरा गर्दैमा सजिल्यै जेनेरेशन लाइसेन्स दिईने छैन, काम गर्नसक्नेलाई मात्र दिइनेछ ।”

मन्त्री पुनले प्रतिस्पर्धात्मक र गुणस्तरीय काम गर्ने इमान्दार लगानी कर्तालाई भने सरकारले स्वागत गर्ने स्पष्ट गरेका छन् । इमान्दार लगानीकर्ता र स्वच्छ लगानीका लागि पारदर्शी तवरले सहजीकरण गर्न तयार रहेको मन्त्री पुनको भनाइ थियो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्