Logo

६ लाख आप्रवासीलाई स्थायी बसोबास अनुमति दिने इटलीको प्रस्ताव



२६ वैशाख : कोरोना महामारीसँग जुधेर उठ्दै गरेको इटलीले ६ लाख आप्रवासीलाई स्थायी बसोबास अनुमति दिने प्रस्ताव गरेको छ । इटली सरकारले कोरोना भाइरसको संकटमा मद्धत गर्ने र वृद्धहरुको हेरचाह गर्नेलाई देशमा बस्ने अनुमति दिन लागेको हो ।

सरकारले दर्ता नगराएका आप्रवासीलाई प्रमाणीकरणपछि मात्र अनुमति दिनेछ ।दर्ता नभएका आप्रवासीहरुले कृषिमा गरेको मेहनतका कारण देशमा खाना पाइरहेको भन्दै उनीहरुलाई अब अधिकार दिनुपर्ने दक्षिण इटलीका मन्त्री पेप्पे प्रोवेन्जानोले द टाइम्सलाई बताएका छन् ।

त्यसैगरी आप्रवासीहरुले अब मतदान अधिकार परमिट ६ महिनासम्म लागु हुने र नविकरण पनि हुने गरि पाउने भएका छन् । यद्यपी यो नियमलाई हाल अस्थायी सरकारको आदेशमा राख्न सकिने र यस सम्बन्धि ६० दिनमा संसदमा भोट गरिने छ ।आप्रवासी जो लुकेर काम गरिरहेका छन्, उनीहरुमा कोरोना संक्रमण फैलिन सक्ने खतराका कारण पनि यस्तो निर्णय लिन थालिएको हो ।यस नियमका कारण एक लाख भन्दा बढि आप्रवासी जो केयर होममा कार्यरत छन् उनीहरु कानुनी रुपमा बलियो हुनेछन् ।यस्तै कृषि क्षेत्रमा काम गर्नेका लागि पनि यो नियम लागु हुने छ ।

इटलीमा लकडाउनका कारण धेरै बेरोजगार भएका छन् र उनीहरुको परमिट रोजगारीमा निर्भर छ । यस देशमा हाल ६ लाख ५० हजार गैर कानुनी आप्रवासीहरु रहेका छन् ।मेरो लगानी



प्रतिक्रिया दिनुहोस्