प्रोफेसर डा. गुण कुमार श्रेष्ठ (यूरोलोजी MD)/डा. धर्म दत्त सुवेदी(MD)/राम प्रसाद गजुरेल (जनस्वस्थ्य विज्ञ)-
परिचय :
कोरोना भाईरस महामारीको रुपमा विश्वभरिका करिब २१० भन्दा बढि देशहरुमा फैलि रहेको छ । विश्व भरिमा यो रोगको संक्रमण ३७,५०,००० भन्दा बढि र मृत्यु करिब २६,००,००० भन्दा बढि पुगि सकेको छ । यो रोगको मृत्यु दर विभिन्न देशमा फरक–फरक देखिएता पनि सालाखाला हेर्ने हो भने ६% भन्दा बढि देखिन्छ । यो रोगको संक्रमण र यसको असर विशेष गरि पश्चिमी मुलुकहरु जस्तै– अमेरिका र युरोपका देशहरुमा बढि देखिएको छ । यो रोग SARS virus जातिको मानिन्छ र अहिले नयाँ रुपान्त्रण (Mutation) भई नयाँ COVID-19 को रुपमा विश्वभर आतंक र निर्दयी नरसंहार (Brutal Death) गराई रहेको छ । यो virus गत साल सन् २०१९ को डिसेम्बर देखि China, Wuhan प्रान्तको Live Animal Food Market बाट सुरु भई विश्वभरि महामारी फैलाई रहेको छ । यो नयाँ भाईरस नियन्त्रण गर्न कुनै औषधी र खोपको आविष्कार अहिले सम्म नभएकोले यो रोग नियन्त्रण भन्दा बाहिर छ ।
कोरोना भाईरस खतरनाक (virulence) हुनुको मुख्य कारणहरु :
= यो virus को बाहिरी आवरण र Spikes हरु Protein ले बनेकोले यो भाईरसलाई शत्रु भनेर संक्रमक व्यक्तिको (Host) कोषले चिन्न सक्दैन तसर्थ कुनै रोक तोक नभई सजिलै सँग संक्रमक व्यक्ति (Host) को कोषमा प्रवेश गर्छ । त्यसकारण यो भाईरसको संक्रमण क्षमता(virulence) SARS virus भन्दा १० गुणाले बढि हुन्छ ।
= यो Virus Host Cell मा प्रवेश गरे पछि आफूलाई छिट्टै रुपान्तर (Mutation) र वृद्धि (multiplication) गराउँछ । virus को रुपान्तर र वृद्धि प्रक्रिया संक्रमित व्यक्ति (host) को Immunity power र कोष को वातावरण अनुसार फरक–फरक हुन्छ । त्यसैले यो virus को virulence पनि मानिस मानिसमा भिन्दा–भिन्दै हुन्छ ।
= यो Virus Host Cell मा प्रवेश गरे पछि सोझै Nucleus मा भएकोDNA/RNA मा आक्रमण गरि Host मा भएको रोग प्रतिरोधात्कमक (Immunity) कोषिकाहरु जस्तै Lymphocytes, Cytokinine, CD4 ईत्यादिलाई नष्ट गरिदिन्छ । जस्ले गर्दा Host लाई ARDS, Multi Organ Failure, Infections भई प्राण घातक हुन सक्छ ।
नेपालमा COVID-19 संक्रमण
नेपाल दुई देश चीन र भारतको बिचमा रहेको सानो देश हो । यो देशको क्षेत्रफल १,४७,१८९ वर्ग कि.मी र जनसंख्या करिब तीन करोड जति छन् । यो देश सानो भएता पनि यहाँको मानिसहरुको रहन–सहन, परम्परा, संस्कृति, खान–पान र भौगोलिक बनावट (हिमाल, पहाड, तराई) मा धेरै विविधताहरु पाईन्छ जुन अरु पश्चिमी मुलुकको भन्दा भिन्न छ ।
यो देश पनि कोरोना भाईरस को महामारीको चपेटाबाट अलग्गिन सकेको छैन । यो रोगको पुष्टि नेपालमा सन् २०२०, January मा China बाट आएका विद्यार्थीमा देखिएको थियो । यो संक्रमण चार महिनाको अन्तरालमा ९९ जनामा देखिएको छ र हताहतको संख्या भने सुन्य छ । WHO को अनुमान अनुसार नेपाल COVIOD-19 संक्रमणको अति जोखिम क्षेत्रमा परेता पनि हाल सम्मको तथ्याङ्क अनुसार अन्य देशको दाँजोमा धेरै कम छ । हालसम्म नेपालमा कोरोना भाईरस को परिक्षण (RDT ५४,०९३ र PCR १४,५११० ६८,६०४ मात्र भएका छन् । जुन अरु देशको तुलनामा धेरै कम छ । आर्को आश्चर्यको कुरा के छ भने संक्रमित मानिसहरु कोही लक्षण नभएका (Asymptomatic) छन् भने कोही कोरोना भाईरसको Low grade को लक्षणहरु मात्र देखा परेका (२२ जना) छन् जुन साधारण उपचार पछि घर फर्केका छन् । High Grade का लक्षणहरु भएका जुन ICU वा Ventilator मा राखेर गहन उपचार गर्नु पर्ने खालका बिरामीहरु कोही पनि भेटिएका छै्रनन् ।
Linear Graph: Total No. of Corona Virus Cases in Nepal (Feb-March, 2020)
In Increasing Pattern
नेपालमा कोरोना भाईरसको संक्रमण र हताहतको संख्या कम हुनका सम्भावित कारणहरु
= Corona Virus संक्रमणको परिक्षण (PCR) को दायरा धेरै फराकिलो नभएकाले र संक्रमित व्यक्तिको Tracingपनि कम भएकोले संक्रमक बिरामीहरु कम देखा परेको हुन सक्छ ।
= नेपाल तथा अरु Asian देशहरुमा Low Strain (Strain S) का Corona Virus बाट संक्रमित भएको हुन सक्छ । जसले गर्दा संक्रमणको Virulence कम भएको हुन सक्छ ।
= नेपाल तथा Asian देशहरुका मानिसमा रोग प्रतिरोधात्मक क्षमता (Immunity Power) पश्चििमी मुलको भन्दा बढि हुनु पर्छ । यिनीहरुले sub-clinical संक्रमणबाट Herd Immunity पाएका हुन सक्छन् ।
= नेपाल तथा Asian देशहरुका मानिसको Social Culture रहन–सहन, खान–पिन ईत्यादी पश्चििमी देशको भन्दा अलग छ । जस्तै टाढा बाट नमस्कार गरेर अभिवादन गर्ने, मासु राम्रोसँग पकाएर खाने, रुघा–खोकी वा साधारण बिरामी हुँदा तातो पानी, बेसर, अदुवाको रस खाने, सकभर Antibiotic तथा अरु Allopathic औषधी प्रयोगमा नल्याउने ईत्यादी । जसले गर्दा शरीरको immunity power संतुलन भई रहन्छ ।
= नेपालीहरु वीर तथा सहासी हुनुका साथै आज्ञाकारी र सहनसिल पनि छन् । जस्तै Lock down को पूर्ण रुपमा पालना गर्ने, मास्क लगाउने, सामाजिक दुरी कायम राख्न Quarantine/Isolation मा धैर्य साथ बस्ने ईत्यादी जसले गर्दा कोरोना भाईरस व्यक्तिगत तौरबाट फैलिन रोक्न सकिन्छ र यो संक्रमणको चक्रव्यूह (Chain of Transimission) रोक्ने एक मात्र मुल मन्त्र हो ।
सारांश
Corona Virus (covid-19) एक किसिमको निर्दयी ज्यानमारा (Brutal Killer) virus हो जुन महामारीको रुप लिई विश्व भरि फैलि रहेको छ । यो भाईरसको संक्रमणबाट ६% भन्दा बढि मानिसहरु हताहत भई रहेका छन । तर आश्चर्य र कौतुहलको विषय हरेक नेपाली र अन्तर्राष्ट्रिय जगतमा चर्चा भएको छ, किन एसियाका देशहरु विशेष गरि नेपालमा यो रोगको संक्रमण तथा हताहतको संख्या धेरै कम देखियो रु यसको मुख्य कारण मानिसहरुको रोग प्रतिरोधात्कम (Immunity) क्षमता, virulence कम भएका virus (type S) को संक्रमण, Virus को Sub Clinical संक्रमणबाट पाएका Herd Immunity, हाम्रो संस्कार र दृढ मनोबल, सरकारले लगएको Lockdown र त्यसको जनता द्वारा पालना ईत्यादी हुन् । यी सबै तत्वहरु अनुमानित मात्र हुन यसको अनुसन्धान र खोज भने हुन बाँकी नै छ । तर अहिले हामी आत्तिने वा मात्तिने स्थितिमा छैनौ । हामी सबै मिलेर यो Corona Virus को प्रतिकार गरौँ । संक्रमण पत्ता लगाउने परिक्षण (PCR) को दायरा फराकिलो पारौँ र धेरै भन्दा धेरै संक्रमक व्यक्तिको खोजि गरि बेलैमा उपचार गरौँ, अनि विजय अवश्य हाम्रो हात लाग्नेछ ।
(तीनै जना लेखकहरु मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भुमा कार्यरत हुनुहुन्छ ।)
डा. गुण कुमार श्रेष्ठ
डा. धर्म दत्त सुवेदी
राम प्रसाद गजुरेल