Logo

कोरोना संक्रमित पुरुषको वीर्यमा पनि भाइरस



काठमाडौं, २६ वैशाख । कोरोना भाइरस मानिसको सम्पर्कमा आउँदा सर्ने सम्भावना रहने वैज्ञानिक अनुसन्धानबाट पत्ता लागिसकेको हो । तर, यसलाई यौन सम्पर्कबाट सर्ने रोगको सुचीमा भने विश्व स्वास्थ्य संगठनले राखेको छैन ।

पछिल्लो समय एउटा अनुसन्धानले पुरुष वीर्यमा पनि कोरोना भाइरसको पद्धार्थ भेटेको देखाएको छ । बिहिबार जर्नल अफ द अमेरिकन मेडिसिन एशोशिएसनले कोरोना भाइरसको पद्धार्थ पुरुष वीर्यमा पनि भेटिएको तथ्य सार्वजनिक गरेको छ ।

कोरोना भाइरसको संक्रमित र संक्रमणपछि नीको भइसकेको पुरुषको वीर्यमा पनि भाइरसको पद्धार्थ भेटिएको अध्ययनमा उल्लेख छ । तर, अध्ययनकर्ताहरु कोरोना भाइरस यौन सम्पर्कबाट सर्ने नसर्नेमा निश्चित भइसकेका छैनन् ।

चिनियाँ रिसर्चरहरुले ३८ जना कोभिड १९ का पुरुषबाट नमुना संकलन गरी अध्ययन गरेका थिए । एक महिनासम्म अध्ययन गरेर निष्कर्षमा पुगेका वैज्ञानिकहरुले वीर्यमा पनि कोरोना भाइरसको पद्धार्थ भेटेको पुष्टि गरेका हुन् । ३८ विरामीमध्ये ६ जनामा भाइरसको पद्धार्थ भेटिएको थियो । यसबाट कोरोना भाइरसका संक्रमितको वीर्यमा १६ प्रतिशत भाइसको पद्धार्थ रहने सम्भावना रहेको निष्कर्ष निस्किएको थियो ।

क्लिनिकल क्यारेक्टररिस्टिक एन्ड रिजल्ट अफ सिमन टेष्टस एमंग मिन विथ कोरोना भाइरस डिजिज २०१९‘ नामको रिसर्च पेपर लि डियानगेङजिन मिलिङ, बाओ पेङटाओसहितको वैज्ञानिकको नाममा प्रकाशित छ ।



प्रतिक्रिया दिनुहोस्