Logo

खुल्न थाले देशभरका उद्योग



काठमाडौँ, २७ बैशाख । बन्दाबन्दीको अवस्थामा पनि केही आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि शूरुका दिनमा कच्चापदार्थ एबं श्रमिक ब्यवस्थापन र उत्पादित बस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको ब्यवसायीको गुनासो रहेको छ ।

अभाव झेल्दै उद्योग
विराटनगर, कच्चा पदार्थको अभावबीच सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा आएका छन् । भण्डारण, बाटोमा रहेका र आयात प्रक्रियामा रहेको कच्चा प्रशोधन उद्योगमा सुरु गरिएको हो । करिडोरका धेरै उद्योगीको तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ कोलकातास्थित बन्दरगाहामा रोकिएको छ ।

त्यो मालवस्तु क्रमशः ल्याउने र आयात प्रक्रियासमेत बढाउने योजनाअनुरूप उद्योग सञ्चालनमा आएका हुन् । खाद्यान्नसहित डिटरजेन्ट र प्याकेजिङका उद्योग बन्दाबन्दीको अवधिमा समेत आवश्यकता अनुसार सञ्चालनमा रहेका थिए । सरकारले तीन दिन अगाडिको मन्त्रिपरिषद् बैठकबाट औद्योगिक ९मदिराबाहेक० क्षेत्रलाई खुला गर्ने निर्णय गरेपछि बाँकी उद्योग क्रमशः सञ्चालनमा आएका हुन् । पूर्ण सञ्चालन हैन, मोरङ व्यापार सङ्घका अध्यक्ष एवं उद्योगी प्रकाश मुन्दडाले भने, उत्पादन कटौती गरेर सञ्चालनमा आएका छन् । कच्चा अभाव मात्रै नभई उत्पादित वस्तुको मागसमेत नभएपछि आवश्यकता हेरेर मात्रै उद्योग सञ्चालनमा आइरहेका हुन् । कच्चा पदार्थ आयात गर्ने भारत तथा तेस्रो मुलुकमा समेत कोरोना सङ्क्रमणको प्रभाव छ ।

कच्चा माग गर्न र बजार अभावका कारण उत्पादन कटौती गर्नुपर्ने भएको हो । उद्योगीले सेवा क्षेत्रभित्रका (स्थानीय) मजदुरलाई परिचालन गरेर तत्काल उद्योग सञ्चालन गर्ने भएका हुन् । बाहिरी जिल्ला र कतिपय भारतीय मजदुरलाई ल्याएर काममा लगाउन सकिने अवस्था नभएका कारण उपलब्ध जनशक्तिलाई उपर्युक्त परिचालन गरिएको छ, अध्यक्ष मुन्दडाले भने, “उनीहरूको स्वास्थ्य सुरक्षा, सामाजिक दूरीसँगै आवास र खानपिनको व्यवस्थापन गर्न समस्या हुन्छ । ” लामो समयसम्म बन्द भएका मेसिनको पुनः परीक्षण गरिरहेका छौँ, उद्योगी पवन सारडाले भन्नुभयो, आवश्यकता पर्ने र चल्नसक्ने उद्योग चल्लान् तर सबै उद्योग चलाउनसक्ने अवस्थामा छैनन् । उनका अनुसार अहिले स्टिल र वायर उद्योग चलाउनसक्ने अवस्था छैन ।

पूँजीगत खर्च न्यून रहेको र उधारो दिइसकेको सामानको भुक्तानी नभएको असर औद्योगिक क्षेत्रमा समेत परेको छ । बन्दाबन्दीले थप पीडा थपिदियो, उद्योगी सारडाले भने, हाम्रोमा सामान ढुवानीमा समेत विभिन्न प्रकारका समस्या छन् । उहाँका अनुसार २० देखि २५ प्रतिशत उत्पादन क्षमता प्रयोग गर्दा घाटा बेहोर्नुपर्छ तर पनि दैनिक आवश्यकताका उद्योग सञ्चालन गर्नुपर्ने दायित्वसमेत रहेको छ ।
सरकारको निर्णयलगत्तै करिडोरका जुट प्याकेजिङ, चाउचाउ, पेय पदार्थ उत्पादन गर्ने उद्योग सञ्चालनमा आएका छन् । त्यसबाहेक सिमेन्ट, स्टिल र वायर्स उद्योगले मेसिन परीक्षणको प्रक्रिया सुरु गरेका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरमा मात्रै झन्डै छ सय उद्योग रहेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्