Logo

यी हुन् नेपालमा कोरोना भाइरसका ७ नयाँ संक्रमित (विवरणसहित)



काठमाडौं, २७ वैशाख । देशभित्र कोरोना भाइरसका थप संक्रमित पत्ता लागेको छ । शनिबार विहान स्वास्थ्य मन्त्रालयले सात जनामा कोभिड १९ भएको जनाएको छ ।

नयाँ संक्रमित नेपालमा कोरोनाको केन्द्रबिन्दु बनेको उदयपुर, पर्सा र कपिलवस्तुका नागरिक छन् । मन्त्रालयका अनुसार उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका महिलाहरुमा संक्रमण भेटिएको छ ।

कपिलवस्तुका १७ र १८-१८ वर्षका गरी तीन पुरुषमा पनि कोरोनाको संक्रमण भेटिएको छ । यसैगरी, पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षणका क्रममा संक्रमण पत्ता लागेको हो । सातैजनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

नयाँ संक्रमितको सुची
१. उदयपुरको भुल्केकी १८ वर्षीया महिला । यसअघि भुल्केस्थित मस्जिदमा पत्ता लागेकाको सम्पर्कमा आएका । २७ वैशाखमा पत्ता लागेको
२. उदयपुरको भुल्केकी ४५ वर्षीया महिला । यसअघि भुल्केस्थित मस्जिदमा पत्ता लागेकाको सम्पर्कमा आएका । २७ वैशाखमा पत्ता लागेको
३. उदयपुरको भुल्केकी ६५ वर्षीया महिला । यसअघि भुल्केस्थित मस्जिदमा पत्ता लागेकाको सम्पर्कमा आएका । २७ वैशाखमा पत्ता लागेको
४. कपिलवस्तुका १७ वर्षीय पुरुष । २७ वैशाखमा पत्ता लागेको
५. कपिलवस्तुका १८ वर्षीय पुरुष । २७ वैशाखमा पत्ता लागेको
६. कपिलवस्तुका १८ वर्षीय पुरुष । २७ वैशाखमा पत्ता लागेको
७. पर्साको छपकैयास्थित ६२ वर्षीय पुरुष । यसअघि छपकैया मस्जिदमा पत्ता लागेका जमातीको सम्पर्कमा आएका । २७ वैशाखमा पत्ता लागेको

 



प्रतिक्रिया दिनुहोस्