Logo

दुई हजार भित्रिए तर १७ जनाको मात्रै स्वाब परीक्षण



जाजरकोट, बैशाख २७ । देशमा लकडाउना भएयता भारतलगायत मुलुक र अन्य जिल्लाबाट जाजरकोट भित्रिएका दुई हजार सात सय २४ जनामध्ये हालसम्म १७ जनाको मात्र स्वाब परीक्षण र चार सय ४० जनाको मात्र आरडिटी परीक्षण गरिएको छ।

गत चैत्र २७ गते भेरी नगरपालिकाका विभिन्न वडाका भारतबाट जिल्लामा प्रवेश गरेका १४ र अन्य तीन जनाको सुर्खेतमा स्वाब परीक्षण गरिएको भए पनि अन्य कसैको पनि स्वाब परीक्षणतर्फ ध्यान दिइएको छैन।

लकडाउनका बेला जिल्ला भित्रिएका दुई हजार सात सय २४ सर्वसाधारणमध्ये हालसम्म विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहमा १७ जनाको स्वाब परीक्षण र जम्मा चार सय ४० जनाको मात्र आरडिटी जाँच गरिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले बताएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्