Logo

भारतीय अतिक्रमणविरुद्ध सरकारले तुरुन्तै कदम चालोस : प्रवक्ता श्रेष्ठ



काठमाडौं, २७ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय अतिक्रमणविरुद्ध सरकारले तुरुन्तै कदम चाल्नुपर्ने बताएका छन् । उनले भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भुमीमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गदै भर्त्सना गरेका छन् ।

उनले आफ्नो ट्विटरमा यस्तो लेखेका छन्,”भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भुमीमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु।हामी सबै कोरोना बिरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको बिरुध्द सरकारले तु कदम चालोस् ।”



प्रतिक्रिया दिनुहोस्