Logo

इटलीमा भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार भन्दा बढी



एजेन्सी, २७ वैशाख । इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार दुई सय एक पुगेको छ । भाइरसको संक्रमणबाट दुई लाख १७ हजार एक सय ८५ जना प्रभावित भएका छन् । त्यसैगरी इटलीमा ९९ हजार २३ जना मानिसहरु भाइरसको उपचारपछि सकुसल घर फर्केका छन् ।

त्यस्तै, एक हजार एक सय ६८ जना मानिसको अवस्था गम्भिर रहेको छ । अमेरिका भने निकै प्रभावित भएको छ । इटाली कोरोना संक्रमण सुरु भए पश्चात सय भन्दा बढी चिकित्सकको निधन भएको छ । कोरोनाको संक्रमणले दोश्रो चरणको भयाबह स्थिति पैदा गर्न सक्ने चीनको अनुमान रहेको छ ।

विश्वभर भाइरस संक्रमणबाट ४० लाख ३२ हजार आठ सय ७१ जना प्रभावित भएका छन् भने मृत्यु हुनेको संख्या दुई लाख ७६ हजार छ सय ८० पुगेको छ l



प्रतिक्रिया दिनुहोस्