Logo

पछिल्लो २४ घण्टामा एक हजार भन्दा बढीको नमुना परिक्षण : स्वास्थ्य मन्त्रालय



काठमाडौं २७ वैशाख : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० हजार पिसिआरको किट मौज्दात रहेको जनाएको छ।

मन्त्रालयले नियमित कोरोना ब्रिफिङका क्रममा कोरोना परीक्षणका लागि ५० हजार पिसिआरको किट मौज्दात रहेको जनाएको हो। कोरोना परीक्षणको दायरा बढाउँदै लैजाने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए। कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४२ जनाको नमूना परीक्षण भएको छ।

नेपालमा हालसम्म ७२ हजार २ सय ३९ जनाको नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ। १६ हजार ३ सय ९ जनाको पिसिआर र ५५ हजार ९ सय ३० जनाको मन्त्रालयका प्रवक्ता डा देवकोटाले बताए।शनिबार बिहान ७ जना थपिएसँगै संक्रमितको संख्या १ सय ९ पुगेको थियो। संक्रमितमध्ये हालसम्म उपचारपछि ३१ जना डिस्जार्च भइसकेका छन्। मन्त्रालयका अनुसार उपचाररत ७८ जनाको स्वास्थ्य अवस्था सामान्य छ।

मन्त्रालयले उदयपुर, रौतहट, पर्सा र बारामा ५ हजार ३ सय २० जनाको नमूना संकलनका लागि टोली खटाएको छ। हालसम्म ४ सय बढीको नमूना संकलन गरिएको देवकोटाले जानकारी दिए।कोरोनाको आशंकामा काठमाडौं उपत्यका भित्र २ र बाहिर १ सय ४१ गरी कुल १ सय ४३ जना अस्पतालको आईसोलेसनमा भर्ना भएका छन्। मुलुकभर हाल १४ हजार ५ सय ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्यखबर



प्रतिक्रिया दिनुहोस्