Logo

१३ देश अझै कोभिड-१९ का विरामी नभेटिएको सुचीमा



एजेन्सी, २७ वैशाख । विश्वका सबैजसो देशमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ । विश्वकै शक्तिशाली देशहरुले महामारी फैलन रोक्न सकेनन् ।

विश्वकै शक्तिशाली र धनी अमेरिका महामारीबाट सबैभन्दा बढी प्रभावित छ । उसले संक्रमित र संक्रमणबाट मृतक दुवैमा सबैलाई उछिनेको छ । दोस्रो धनी देश चीन पहिलोपटक कोरोना पत्ता लागेको देश हो । विश्वमा हालसम्म संक्रमित संख्या ४० लाख नाघिसकेको छ । मृतक संख्या २ लाख ७६ हजार नाघिसकेको छ ।

तर, सँसारमा यस्ता पनि देश छन् जहाँ कोरोना भाइरसको संक्रमित एकजना पनि नभेटिएको तथ्यांक छ । कतिपयले ती देशहरुमा संक्रमण पत्ता लागेपनि लुकाइएको या टेष्ट राम्ररी नभएको आशंका गरेका छन् । तर, उनीहरुले जानकारी गराएको तथ्यांकलाई आधार मान्ने हो भने १३ वटा देशहरुमा संक्रमण पत्ता नलागेको देखिन्छ ।

कोरोना भाइरसका संक्रमित नभेटिएकामा दुईवटा देश एशियाका छन् । बाँकी अन्य महादेशका छन् ।

१. उत्तर कोरिया
२. तुर्केमिनिस्तान
३. लोसोथो
४. किरीबाटी
५. मार्सल आइल्यान्ड
६. माइक्रोनेसिया
७. नाउरु
८. पलाउ
९. समाओ
१०. टभालु
११. भानुआटु
१२. टोंगा
१३. सोलोम आइल्यान्ड

File Photo: Agency



प्रतिक्रिया दिनुहोस्