Logo

कोरोना खोपकाे लागि तीन शक्ति राष्ट्रकाे हाेडबाजी, कसले मार्ला बाजी?



२७ वैशाख ।कोरोना भाइरस (कोभिड १९) बिरुद्धको खोपको परिक्षण विश्वका केही देशहरुमा चलिरहेको छ । विश्व यतिबेला खोपको प्रतिक्षामा छ तर नयाँ प्रयोगहरुले सफलता प्राप्त गर्न सकिरहेको छैन । विश्वभर भएको प्रयोगबारे नयाँ दाबीहरु सार्वजनिक भईरहेका छन् तर कुन प्रयोगले कोरोनाको उपचार गर्छ अन्योल अझै कायमै छ ।

कोभिड १९ को खोप बनाउन विश्वभर हाल वैज्ञानिकहरुको ९० वटा समुह काम गरिरहेको छ र हरेक समुह विभिन्न चरणमा पुगिसकेका छन् । तर यि मध्ये ६ वटा यस्तो समुह छन् जो लक्ष्य नजिक पुगेको बताइएको छ । जसलाई मानविय परिक्षण पनि भनिन्छ । कोरोना बिरुद्धको अन्तिम परिक्षणमा रहेको यस्ता ६ भ्याक्सिन कहाँ बन्दैछन् र कसले बनाउँदैछ भन्ने चर्चा यहाँ हामी गर्दैछौँ।

चीनमा परिक्षण हुँदै गरेको खोप

कोरोनाको उद्गम थलो चीनमा हाल भ्याक्सिनको मानविय परिक्षण चलिरहेको भइरहेको छ । कोरोना भाइरस उत्पत्ती भएको मुलुक चिनमा निदानकालागि भएको कममा पनि धेरै अनुभव भएको बताईन्छ । यही पृष्ठभूमीमा चीनका वैज्ञानिकहरु भ्याक्सीन परिक्षणमा जुटेका छन् ।

१। एडी ५-एनकोभी (AD5-nCoV) खोप

चीनको कम्पनी क्यांसिनो बायोलजिक्सले मार्च १६ बाट यो खोपको परिक्षण सुरु गरेको छ । क्यासिंनोमा एकेडेमी अफ मिलिटरी मेडिकल साइन्स र इन्स्टिच्यूट अफ बायोटेक्नोलोजीले पनि भ्याक्सिनकालागि काम गरिरहेका छन् । कम्पनीले कोरोना भाइरसको उपचारकालागि एडेनो भाइरसको प्रयोग गरिरहेको छ ।

एडेनो भाइरस मानव शरिरको आँखा, श्वास नली, फोक्सो तथा नर्भस प्रणालीमा संक्रमणका कारण बन्ने भाइरस हो । चीनले यस भाइरसलाई शरीरमा राखेर कोषहरुका माध्यमबाट उक्त प्रोटीन सक्रिय बनाउँदछ र कोरोना भाइरससँग लड्दछ जसकाकारण प्रतिरक्षा प्रणाली पनि बढ्ने दाबी गरिएको छ ।

२।एलभी-एसएम-ईएनपी-डीसी (LV-SMENP-DC) खोप

चीनको सेंजेनमा जीनोइम्युन इन्स्टिच्युटले एक खोप तयार गरेको छ जो एचआईभीकोलागि जिम्मेवार भाइरस लेंटीभाइरसमा आधारित छ । यस कम्पनीले उक्त कोषहरुको मद्धत गर्दछ जसले प्रतिरोधात्मक क्षमतालाई सक्रिय बनाउँछ । यि कोषहरु शरिरमा बाहिरी भाइरस आउनासाथ सक्रिय हुने गर्दछ र त्यसमाथि आक्रमण गर्दछ । यसको आक्रमणका कारण कोरोना भाइरस निष्क्रिय हुने गर्दछ ।

३। वुहानमा बन्दैछ तेश्रो खोप

चीनको वुहानस्थित बायोलोजिकल प्रोडक्ट्स इंस्टिच्युटमा कारोना भाइरस निष्क्रिय हुने भ्याक्सिन बनाइँदैछ । चीनका वैज्ञानिकहरुले यस भाइरसको जिनमा यस्तो परिवर्तन गरिएको छ कि अब हरकोहि संक्रमित हुन सक्ने छैनन् । यो भाइरस परम्परागत विधिले बनाइन्छ ।

भ्याक्सीन बनाउन जुटेको अमेरिका

४।एमआरएनए-१२७३ (mRNA-1273) खोप

अमेरिकाको मेसाच्युसेट्स स्थित बायोटेक्नोलोजी कम्पनी मोर्डन थेराप्युटेक्सले मानिसको प्रतिरोधात्मक क्षमताको विकास गर्ने खोप बनाउँदैछ । यस भ्याक्सिनले कोरोना भाइरसलाई शरीरमा फैलन दिँदैन । यसकोलागि मोर्डन विश्वविद्यालयले कमजोर र निष्क्रिय भाइरसलाई मानिसको शरिरमा राख्ने तयारी गरेको छ ।

विश्वविद्यालयले यसकालागि कोरोना भाइरसको प्रयोग गरेको छैन । वैज्ञानिकहरुले यसकालागि कोरोनाको वंशाणुगत कोड तयार गरेको छ । यसको थोरै अंश शरीरमा सुईका माध्यमले राखिनेछ । यस भ्याक्सिनले कोरोना भाइरस विरुद्ध लड्ने दाबी गरिएको छ ।

५।आइएनहो-४८०० (INO-4800) खोप

अमेरिकाको पेंसिलभेनियास्थित इनोवियो नामक फार्मा कम्पनीले कोरोना खोप तयार बनाउँदैछ । यस भ्याक्सिनले कोरोना संक्रमितको कोषहरुमा प्लाज्मिडबाट सिधै डिएनए शरीर भित्र राखिने गर्दछ । यसले शरीरमा कोरोना भाइरससँग लड्नकालागि एंटीबडी बनाउँछ । इनोवियाले एंटीबडीलाई एक जेनेटिक आकारमा परिवर्तन गरेर यस रोगको निवारणकालागि प्रयोग गर्न चाहन्छ ।

परिक्षणकै चरणमा बेलायत

६।सीएचएडीओएक्स१ (ChAdOx1) खोप

अक्सफोर्ड विश्वविद्यालयमा हाल यो खोप विकासमा काम भइरहेको बेलायतको दाबी छ । युरोपमा पहिलो क्लिनिकल ट्रायल अप्रिल २३ मा शुरु गरिएको थियो । यस विश्वविद्यालयका वैज्ञानिकहरुले चिंपाजीबाट लिइएको कमजोर एडेनो भाइरसको प्रयोग गरिरहेका छन् । उक्त भाइरसमा केहि वंशाणुगत परिवर्तन गरिएको छ ।

विश्व नै आतकिंत बनेको कारोना बिरुद्ध जसले भ्याक्सीन निर्माण गर्छ उसले ऐतिहासिक फाईदा पनि लिने भएकाले भ्याक्सिन निर्माण सबै मुलुककोलागि प्रतिष्ठाको विषय बनेको छ । विश्वभरका वैज्ञानिकहरु कोरोना भाइरस विरुद्ध लड्ने भ्याक्सिनको खोजीमा लागिरहेका छन् तर भ्याक्सिन बन्ने कुनै पक्का भईसकेको छैन।मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्