Logo

पुटिनले विजय दिवसमा चढाए फुल



एजेन्सी, २७ वैशाख । नाजीलाई दोस्रो विश्वयुद्धमा पराजित गरेको स्मरणमा हरेक वर्षको ९ मे को दिन रुसले विजय दिवस मनाउने गर्छ । कोरोना भाइरसको संक्रमणका बाबजुद रुसले विजय दिवस मनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्रेमलिन नजिकै एकजना अज्ञान सिपाहीको चिहानमा फुल चढाए । सन् १९४१ देखि १९४५ बीच बलिदानी दिने सैनिकको स्मरण गरिने विजय दिवस रुसमा विशेष मानिन्छ । यस वर्ष ७५ औं विजय दिवसमा पुटिनले छोटो बेलेका थिए ।

रुसी समाचार संस्था तासका अनुसार विजय दिवसमा ७५ वटा हेलिकोप्टरले सैन्य प्रदर्शन गरेका थिए । ती हेलिकोप्टर रेड स्क्वायरमा उडेका थिए । जसमध्ये विश्वकै सबैभन्दा ठूलो एमआइ २६ मिलिटरी ट्रान्स्पोर्ट रोटोरक्राफट पनि प्रदर्शन गरिएको थियो ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्