Logo

कोरोना अपडेट : २ लाख ७९ हजारको मृत्यु, ४१ लाख संक्रमित(कुन देशमा कति?)



(अपडेट : वैशाख २८ गते राति १२:३० बजे)
वैशाख २८, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ७८ हजार ७ सय नाघेको छ ।
कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ ।

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या आइतबार राति १२:३० बजेसम्मको रिपोर्टअनुसार ७९ हजार ४ सय पुगेको छ । त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १३ लाख ३५ हजार पुगेको छ । शुक्रबार मात्र अमेरिकामा ७ सय २० जनाको मृत्यु भएको छ ।

उता, बेलायतमा मृत्यु हुनेको संख्या ३१ हजार ५ सय ८७ पुगेको छ । संक्रमितको संख्या २ लाख १५ हजार नाघेको छ । बेलायतमा कोरोनाभाइरसको असर बढी नै देखिएको छ । त्यहाँँ सुरुवाति चरणमा नियन्त्रणमै रहे पनि पछिल्लो समय यसको असर तीव्र रुपमा देखिएको छ ।

कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ८ सय ८७ जना संक्रमित भएका छन । तर त्यहाँ ७८ हजार ४६ जना उपचारपछि निको भइसकेका छन् ।

चीनको वुहानबाट सुरु भएको यो महामारीको असर पछिल्लो समय युरोपमा बढी देखिएको छ ।
शनिबार इटालीमा १ सय ९४ जनाको मृत्यु भएको छ भने स्पेनमा १ सय ७९ जनाको मृत्यु भएको छ । योसहित इटालीमा मर्नेको संख्या ३० हजार ३ सय ९५ पुगेको छ भने स्पेनमा २६ हजार ४ सय ७८ पुगेको छ ।

फ्रान्समा २६ हजार २ सय ३० को मृत्यु भइसकेको छ । फ्रान्समा १ लाख ७६ हजार संक्रमित छन् । छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या २ हजार ८९ जना पुगिसकेको छ । भारतमा संक्रमितको संख्या ६२ हजार ८ सय नाघेको छ ।

ब्राजिलमा १० हजार १ सय जनाको मृत्यु भएको छ भने १ लाख ४९ हजार संक्रमित छन् ।

बेल्जियममा पनि मृत्युको संख्या ह्वात्तै बढेको छ । जहाँ ८ हजार ६ सयको मृत्यु भइसकेको छ ।

यस्तै जर्मनीमा १ लाख ७१ हजार संक्रमित हुनुका साथै ७ हजार ५ सय भन्दा धेरैको मृत्यु भएको छ ।

इरानमा १ लाख ६ हजार २ सय संक्रमित छन् । साथै ६ हजार ५ सय ८९ को मृत्यु भएको छ । रुसमा पनि १ लाख ९८ हजार जना संक्रमित भइसकेका छन् भने १ हजार ८ सय २७ को मृत्यु भएको छ ।

सबैभन्दा बढी प्रभावित देशहरु :

नेदरल्याण्ड – ५४२२
टर्की – ३७३९

क्यानडा – ४६९०
स्विडेन – ३२२०
स्विजरल्याण्ड – १८३०
मेक्सिको – ३१६०
इक्वेडर – १७१७
आयरल्याण्ड – १४४

पेरु – १७१४
पोर्चुगल – ११२६

चिन – ४६३३
चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १२ देशमा फैलिएको छ ।
अहिलेसम्म यो भाइरसका कारण ४० लाख ७३ हजार संक्रमित भएका छन् ।

संक्रमितमध्ये करिब १४ लाख १७ हजार जना निको भएका छन् । उपचाररत करिब २३ लाख ७८ हजारमध्ये  ४७ हजार ७ सय ७१ को अवस्था भने चिन्ताजनक छ ।



प्रतिक्रिया दिनुहोस्