Logo

‘लकडाउन’ नखुलेसम्म विद्यार्थी भर्ना गर्न मिल्दैनः मन्त्री पोखरेल



काठमाडौं, बैशाख २८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले लक डाउन नखुली भर्ना गर्न नसकिने स्पष्ट पारेका छन् । पटक पटक बोली फेरिरहने मन्त्री पोखरेलले यसअघि बैशाख २६ गतेदेखि भर्ना प्रकृया शुरु गर्न निर्देशन दिने भनी बोलेको बोलीको आधार खोज्न प्याब्सन र एन प्याब्सन लगायतको टोलीले मन्त्री पोखरेललाई भेट्न पुगेका थिए ।

शनिबार बिहान शिक्षा मन्त्री निवास हरिहर भवन पुगेका प्याब्सन अध्यक्ष टीकाराम पुरी , एन प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा, प्याब्सन सह अध्यक्ष डीके ढुंगाना सहितको टोलीलाई भेट गर्दै मन्त्री पोखरेलले लक डाउन नखुली भर्नाको विषयमा कुरै नउठाउन आग्रह गरेका थिए ।

प्याब्सनले यही अवस्थामा अधिकांस विद्यालय बन्द हुन सक्ने भन्दै निजी विद्यालयलाई प्याकेज घोषणा गर्न आग्रह गरेका थिए ।नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्