काठमाडौं, २८ वैशाख । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी नायिका एलिजा गौतमले श्रीमानले छोडेर भागेपछि विचल्लीमा परेकी ४० दिनकी सुत्केरी मिना चौलागाँईलाई भेटेकी छिन् । कलंकीस्थित् स्यूचाटारमा मिना बस्ने कोठामै पुगेर एलिजाले आर्थिक सहयोगसमेत गरेकी छिन् । उनले नगद १८ हजार र खाद्यान्न प्रदान गरेकी थिईन् । मिनाकाअनुसार उनका पति ठाकुर भनिने तोरणबहादुर कटुवाल हुन् ।
एलिजा गौतमले ४० दिनकी आफ्नी सुत्केरी श्रमती र छोरी छोडेर भाग्ने पतिप्रति कडा आक्रोश पोख्दै उनलाई जहाँसुके भएपनि कारबाही गर्नुपर्ने आवाज उठाएकी थिईन् । सही हो नेपाल युट्युबमार्फत आफूले मिनाको यो अवस्थाको बारेमा थाहा पाएको बताउँदै उनले उक्त च्यानललाई धन्यवादसमेत दिईन् ।
आफ्नी छोरी एरिका धमलालाई पनि साथमै लिएर गएकी एलिजाले एउटा सुत्केरी महिलाको बास्तविक पीडा अर्को महिलालाई मात्रै थाहा हुने बताउँदै मिनाको पछिल्लो अवस्था देखेर सह्य नभएर आफू अकस्मात यहाँका आएको पनि स्पष्ट पारेकी छिन् । नायिका एलिजाले आफ्नै हातले बनाएको खसीको मासु, खाना र ज्वानोको झोल समेत लिएर गएकी थिइन् ।
उनले मिनालाई छोरीको माया र उज्जवल भविष्यको लागि पनि संघर्ष गर्न सुझाउँदै हिम्मत नहार्न र हरेष नखान सल्लाह दिएकी थिईन् । एलिजाले मिनाको लागि एक बोरा चामल, तेल, एक क्यारेट अण्डा, दाललगायतका खाद्यान्न सामग्री प्रदान गरेकी थिईन् । उनले आफू मिनाको साथमा रहेको र आगामी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । दुई महिनाको छोरी छोडेर भाग्ने कटुवाललाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने कुरा उनले दोहोर्याएकी छिन् ।
उनले श्रीमती र छोरी छाडेर भाग्नेले नै उनीहरुको पालनपोषणको जिम्मा लिनुपर्ने र अझ छोरीको जिम्मा लिनुपर्ने पनि आवाज उठाईन् । उनले आफू चर्चाको लागि वा मिडियामा आफ्नो अनुहार देखाउनको लागि नआएको बताउँदै मिनाको दुःखमा साथ दिन र उनको पीडामा मल्हम लगाउन आएको विश्वास दिलाएकी छिन् । एलिजाले अरुलाई पनि मिनालाई सकेको सहयोग गरिदिन आह्वान गरेकी छिन् । उता, मिनाले एलिजाको सहयोग पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो लागि पनि उक्त पल खुशीको पल भएको कुरा व्यक्त गरिन् । Video-Source: NewsFilmy