भोजपुर, २८ वैशाख । जबरजस्ती करणी गरेको अभियोगमा एकजना लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ट्याम्केमैयुङ गाउँपालिकाका काजीमान सुयल पक्राउ परेका हुन् ।
सोही ठाउँमा पसल गरी बस्ने सुयलले ती किशोरीलाई शुक्रबार दिउँसो विभिन्न प्रलोभनमा पारी घर नजिकैको जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।