Logo

विद्यालय बन्द ‘तर’ तीन महिनाको शुल्क बुझाउन अभिभावकलाई पत्र



काठमाडौं, बैशाख २८ । जारी लकडाउनका बिच बन्द रहेका शैक्षिक संस्था कहिलेदेखि खुल्छ अझै अन्यौलता कायमै छ । तर गत चैत ११ देखि बन्द रहेका विद्यालयले भने बैशाखदेखिको मासिक शुल्क बुझाउन अभिभावकलाई पत्र पठाउन थालेका छन ।

अझ अचम्मको कुरा विद्यालयले बैशाखको मात्रै होइन कि असार सम्मकै शुल्क बुझाउन परिपत्र गरेको पाइएको छ । राजधानीस्थित लाजिम्पाटमा रहेको बेष्ट्स मन्टेश्वरी इलिमेन्ट्री स्कुलले अनलाइन कक्षाको नाममा तीन महीनाको विद्यार्थी शुल्क बुझाउन पत्राचार गरेको पाइएको हो।

देशभरका विद्यालयहरुलाई विद्यार्थी भर्ना अभियान चलाउन, शुल्क लिने जस्ता गतिविधिमा शिक्षा मन्त्रालयले रोक लगाएको भएपनि बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको निर्देशनलाई हवाला दिँदै उक्त विद्यालयले बैंक मार्फत शुल्क बुझाउन पत्र पठाएको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस्