Logo

सीमा समस्याबारे सङ्कल्प प्रस्ताव दर्ता



काठमाडौँ, २९ वैशाख । भारतले नियन्त्रणमा लिएको महाकाली पूर्वको भूभाग फिर्ता लिई राजनीतिक र प्रशासनिक उपस्थितिको माग गर्दै प्रतिनिधि सभामा आइतबार सङ्कल्प प्रस्ताव दर्ता भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का छ सांसदले प्रस्ताव दर्ता गरिएको हो । दार्चुलाका सांसद गणेशसिंह ठगुन्नासहित छ जनाले प्रस्ताव दर्ता गरिएको छ । अन्य प्रस्तावकमा दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर
बोगटी रहेका छन् ।

अन्तर्राष्ट्रिय सीमा विवादको हल ऐतिहासिक सन्धि, सम्झौता लगायतबाट हुनुपर्ने र नेपाल–भारत सीमाको हकमा सुगौली सन्धिमा आधारित हुनुपर्ने प्रस्तावमा उल्लेख छ । प्रस्तावमा भारतले नेपालको चार सय वर्ग किलोमिटर भूभाग मिचेको दाबी गरिएको छ । दर्ता प्रस्ताव सभामुखले अनुमति दिएपछि सदनमा छलफलका लागि पेस हुनेछ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्