Logo

‘अर्थतन्त्र बचाउने बजेट ल्याऔँ’



काठमाडौँ, २९ वैशाख । अर्थ मन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण विकासको गतिमा केही शिथिलता देखिए पनि ‘भूकम्पपछि छिटै उठेझैँ हामी फेरि उठ्ने छौँ’ भनेका छन् ।

ष्ट्रिय सभा बैठकमा पूर्वबजेट छलफल आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा आइतबार उनले यस्तो धारणा राखेका छन् । छलफलमा भाग लिँदै सांसद परशुराम मेघी गुरुङले कोरोनाका कारण आर्थिक वृद्धि घट्ने र गरिबी बढ्ने परिस्थिति भएको हुँदा यसबाट नागरिकलाई बचाउन, गरिब र विपन्नलाई भोकमरीबाट बचाउन, बन्दाबन्दीको असरबाट अर्थतन्त्रलाई बचाउने खालको बजेटमा जोड दिएका छन् । सांसद गुरुङले विदेशबाट रोजगारी गुमाएर फर्कने र स्वदेशमा भएका युवाका लागि पनि रोजगारी सिर्जना गर्न, नियमित आपूर्ति गर्न, महँगी रोक्न, स्रोत व्यवस्थापन गर्न र नयाँ कुराको खोजी गर्न बजेट केन्द्रित हुनुपर्ने सुझाव पनि दिएका छन् ।

सांसद रमेशजङ रायमाझीले स्वास्थ्य सेवालाई थप सुदृढीकरण गर्न, जनतालाई राहतको व्यवस्था गर्न र विदेशबाट रोजगारी गुमाएर फर्कने युवालाई सम्बोधन गर्नेगरी बजेट ल्याउन सुझाव दिएका छन् । उनले सङ्घ र प्रदेशको सांसद विकास कोषको बजेटलाई सातै प्रदेशमा मेडिकल कलेज स्थापना गर्न सुझाव दिएका छन् । सांसद कोमल वलीले कृषि र पर्यटनमा विशेष जोड दिन र वैदेशिक रोजगारी र रेमिट्यान्सको विकल्प खोज्नुपर्छ भनेका छन् । सांसद तारादेवी भट्टले पर्यावरण संरक्षणमा ध्यान दिन सुझाव दिएका छन् । उनले दिगो विकासका लक्ष्य हासिल गर्नेतर्फ बजेट केन्द्रित गर्न पनि सुझाव दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्