Logo

भारतसँग अविलम्ब भिडियो कन्फरेन्समार्फत कुरा गर्नुपर्छ : माधव नेपाल



काठमाडौं, २९ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली भूमी मिचेर भारतले लिपुलेकमा चीनको मानसरोवर जाने सडक बनाएकोमा आपत्ति जनाउँदै नेपालले तत्काल भिडियो कन्फरेन्सको माध्यमबाट अविलम्ब वार्ता गर्नुपर्ने बताएका छन् । उनले कोरोनाभाइरसको महामारीको अवस्थामा समेत भारतले नेपाली भूमिमा सडक बनाएको विषय बनाउनु गलत भएको र यही कारणले भारतविरोधी भावना बढेको स्पष्ट पारेका छन् । उनले भारतले नेपालको भू-भागमा सडक निर्माण गर्नु दुःखद् भएको उल्लेख गर्दै आपत्ति जनाए।

सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले भने,’मित्रराष्ट्रसँगको सम्बन्ध सुमधुर बनाउनु पर्नेमा किन अविश्वास बढाउँदै जाने किन यस्तो स्थिति भैरहेको छ। भिडिओ कन्फरेन्सको माध्यमबाट कुराकानी गर्नुपर्‍यो, नेपालीहरु आक्रोशित पनि छन । भावना भड्किएको छ। देशभक्तिको भावना बढीरहेको छ। भारत विरोधी भावना पनि बढिरहेको छ। त्यसो भएको हुनाले कोरोना भाइरसको प्रकोपमा नाममा कुराकानीको समय पन्छाउने काम छैन।’

उनले भारतलाई नेपालले दार्चुलाको विवादित भूमिमा कुनै पनि विकास निर्माणको काम नगर्न आग्रह गर्नुपर्ने पनि सुझाव दिए । नेता नेपालले भारतसँग सँधै सीमा विवाद भइरहनुभन्दा सीमानामा काँडेतार लगाउन उचित हुने पनि तर्क गरेका छन् । उनले नेपालले अब आफ्नो सीमाको नियमन र नियन्त्रणमा जानुपर्ने बेला आएको समेत आवश्यकत्ता औंल्याए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्