Logo

११ वर्षीय बालिकामा कोरोना पुष्टि



काठमाडौं, बैशाख २९ । सोमबार बर्दियामा एक जनामा बालिकामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया राजापुर–५ की ११ वर्षीय बालिकामा संक्रमण पुष्टि भएको हो। बर्दियामा पहिलो पटक कोरोना संक्रमण देखिएको हो।

यस्तै कपिलवस्तुमा ६ र रुपन्देहीमा ६ जनामा पनि आजै कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।

सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसंगै नेपालमा कोरोना संक्रमितको सङख्या एक सय ३४ पुगेको छ।



प्रतिक्रिया दिनुहोस्