Logo

सप्तरीका कोरोना संक्रमित रिपोर्ट नआउदै घर पुगेको खुल्यो



काठमाडौं, २९ वैशाख । सप्तरीका कोरोना भाइरसका संक्रमित युवालाई पीसीआर परीक्षणको रिपोर्ट नआउदै क्वारेन्टाइनबाट घर पठाइएको खुलासा भएको छ । सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएका १८ वर्षीय युवक आइतबार मात्र क्वारेन्टाइनबाट घर गएको खुलेको हो ।

आइतबार स्वाब परीक्षणका लागि पठाएर उनीसहित १३ जनालाई क्वारेन्टाइबाट घर पठाएको स्रोतले जनाएको छ । कोरोना संक्रमणको कुनैपनि लक्षण नदेखिएपछि क्वारेनन्टाइनको ११ दिन बसाईपछि उनीहरुलाई घर पठाए थिए ।

घर गएको भोलिपल्टै कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई अस्पताल लगिएको छ । संक्रमित युवासंगै अन्य १३ जना वैशाख ९ गते चितवनबाट सप्तरी पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्