Logo

बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याज घटाए, ऋणीबाट लिने ब्याज घटाउन मानेनन्



काठमाडौं, ३० वैशाख । देश कोरोना महामारीमा हुँदा नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निक्षेप र ऋण प्रवाहतर्फ ब्याजदर घटाउन गरेको निर्देशन पूर्ण पालना भएको छैन । बैंकहरुले निक्षेपमा १ देखि डेढ प्रतिशतसम्म ब्याजदर वैशाख १ देखि नै लागू हुने गरी घटाइसकेका छन् । तर, ऋण प्रवाहमा ब्याज घटाएका छैनन् ।

आजको कान्तिपुरको समाचारमा जेठ १ देखि ऋणको ब्याज घटाउने बैंकहरुको घोषणा कार्यान्वयन नहुने भएको उल्लेख छ । लकाडाउनका कारण नोक्सान बेहोरेका ऋणीलाई २ प्रतिशत बिन्दुले ब्याज क मगर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएकाले जेठदेखि ब्याज घटाउने घोषणा कार्यान्वयन नहुने बैंकर्स संघले बताएको समाचारमा भनिएको छ ।

जसका कारण सबै ऋणीले कम ब्याजको सुविधा नपाउने भएका छन् । समग्रमा सबै ऋणीको ब्याज नघट्ने भएको छ । बैंकर्स संघले दुई प्रतिशत ब्याज घटाउने निर्णय परिमार्जनको आग्रह गर्ने भएको छ । तर, राष्ट्र बैंकले परिमार्जन नगर्ने भएको छ ।

बैंकहरुले जेठमा ०.७ प्रतिशत बिन्दुले ऋणको ब्याजदर घट्ने बताएका थिए । तर, फेरि नघट्ने सुचना जारी गर्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्