Logo

राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज आम्दानी करिब ७ अर्ब, खुद नाफा कति?



काठमाडौँ ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले करिब ७ अर्ब खुद ब्याज आम्दानी गरेको वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकको यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ४० करोड कम हो।

गत आवको सोही अवधिसम्ममा ७ अर्ब ३७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले चालु आवको सोही अवधिमा ६ अर्ब ९७ करोड मात्र यस्तो आम्दानी गरेको छ। खुद ब्याज आम्दानीमा कमी आएसँगै बैंकको सञ्चालन मुनाफा र खुद नाफा पनि घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जबकी बैंकले गत आवको सोही अवधिमा ३ अर्ब ४९ करोड खुद नाफा कमाएको थियो। त्यसैगरी, गत आवको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ८६ करोड रहेको बैंकको सञ्चालन मुनाफा चालु आवको सोही अवधिसम्ममा घटेर ४ अर्ब १६ करोडमा सीमित भएको छ।

खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। ९ अर्ब चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ८१ पैसाबाट घटेर ४४ रुपैयाँ ९६ पैसा पुगेको छ। बैंकको जगेडा कोषमा १३ अर्ब २४ करोड रुपैयाँ र अन्य शेयरधनी कोषमा १ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १५ करोड रुपैयाँ रहेको छ। बैंकको निष्क्रिय कर्र्जा ४.२८ प्रतिशतबाट बढेर ४.६४ प्रतिशत पुगेको छ।मेरोलगानी File photo



प्रतिक्रिया दिनुहोस्