काठमाडौं, ३० वैशाख । अनामनगरकी समाजसेवी रश्मी रैका मगरले जन्म दिनको उपलक्ष्यमा लकडाउन पीडित एक सय परिवारलाई राहत वितरण गरेकी छिन् । उनले एक लाख भन्दा बढीको राहत अपांग, मजदुर र पीडित महिलालाई जन्मदिनको उपहारस्वरूप वितरण गरेकी हुन् । जन्मदिनमा अनावश्यक खर्च गर्नु भन्दा पीडितलाई सहयोग गर्नु उपयुक्त ठानेर लकडाउन पीडित परिवारलाई दाहाल, चामल, चिउरा , तेल आलु ,लगायतका खाधान्न सहयोग गरेको उनको भनाई छ ।
त्यस्तै समाजसेवी तथा अधिवक्ता रक्षा रैका मगरले पनि आफ्नै व्यक्तिगत पहलमा चार सय बढी परिवारलाई राहत वितरण गरिसकेका छन् । उनले स्थानीयतहसँगको समन्वयमा लकडाउनका कारण भोकमरीको समस्यामा परेका वृद्घ, अपांग, मजदुर, विद्यार्थीलगायत चार सयभन्दा परिवारलाई दाल, चामल, चिउरा, तेल आलु लगायतका आवश्यक खाद्यान्न वितरण गरेका हुन् ।
अनामनगरस्थित् सामाजिक विकास समाजका महासचिवसमेत रहेका रैकाले आफ्नोतर्फबाट मात्र करिब ५ लाख मूल्य बराबरको राहत वितरण गरेका छन् । समस्यामा परेका बेला सहयोग गर्नु मानवीय धर्म भएको भन्दै उनले समस्यामा परेकाहरूलाई आफूले सकेको सहयोग गर्ने बताए । राहत वितरणको काम अझै जारी रहेको रैकाको भनाई छ ।