Logo

लकडाउन झन कडा हुने, प्रधानमन्त्रीको कडा निर्देशन



काठमाडौं, ३० वैशाख । लकडाउन झन कडा हुने भएको छ । आज एकै दिन ५७ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो ।

आज बसेको मन्त्रिपरिषद बैठकमा पनि लकडाउनको पालनाबारे गम्भीर छलफल भएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडाई गर्न निर्देशन दिएका छन् । उनको निर्देशनसँगै चेकजाँच कडा हुन थालेको छ ।

भारतमा आप्रवासी मजदुरहरुलाई घर जान दिन विशेष रेल र सार्वजनिक यातायात चल्न दिएपछि तराईका जिल्लाहरुमा संक्रमण बढेकोबारे पनि मन्त्रिपरिषदमा गम्भीर छलफल भएको बुझिएको छ । सीमामा कडाई गर्न प्रधानमन्त्रीले निर्देशन दिएको बुझिएको छ ।

भारतसँगको सीमाबाट लुकिछिपि छिर्नेको संख्या बढेको छ । पछिल्लो समय संक्रमित भेटिएकाहरु पनि लुकिछिपि बढेकाहरु नै छन् ।
यसैगरी, सडकमा अत्याधिक सवारी साधन गुड्न थालेको र जाम समेत हुनथालेकोमा प्रधानमन्त्रीले चासो लिएका छन् । योसँगै अब सवारी सञ्चालनमा समेत कडाई हुने र पास विना चल्न नपाइने गरी कडाई गर्न लागिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्