Logo

उपराष्ट्रपति पुनको स्वाबको नमूना सङ्कलन



काठमाडौँ, ३० वैशाख : सङ्घीय संसद्को छैटौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना सङ्कलन गरिएको छ ।

सङ्घीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज कोभिड–१९ परीक्षणका लागि उनको स्वाबको नमूना सङ्कलन गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । रासस File photo



प्रतिक्रिया दिनुहोस्