ललितपुर, ३० वैशाख । कैंची प्रहार गरी घाइते बनाएको अभियोगमा बसन्त दर्लामी मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै छिमेकीलाई कैंची प्रहार गरी घाइते बनाएको अभियोगमा ललितपुर महानगरपालिकाका मगरलाई पक्राउ गरेको हो ।
सोही ठाउँस्थित झोलुंगेपुल नजिक मगरले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने बर्दिया ठाकुर नगरपालिकाका पुरुषलाई घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।