Logo

पुटिनका प्रवक्तालाई कोरोना संक्रमण



एजेन्सी, ३० वैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता डिभिट्रि पेस्कोभलाई कोरोना भाइरसको संक्रमण पुष्टिभएको छ । उनलाई मस्कोको अस्पताल लगिएको छ ।

रुसी समाचार संस्था तासका अनुसार उनले आफूलाई कोभिड १९ को संक्रमण भएको बताएका छन् । उनले आफू उपचार गरिरहेको बताएका छन् ।

तर, पेस्कोभले एक महिनाभन्दा अघिमात्र पुटिनलाई भेटेको बताएका छन् । यसकारण पुटिनलाई संक्रमणको सम्भावना कम भएको जनाइएको छ ।-Photo Credit: TASS



प्रतिक्रिया दिनुहोस्