Logo

पिपलको पुजा गर्नुको लाभ



गीतामा भगवान श्रीकृष्णले भनेका छन् रुखमा म पिपल हुँ । हिन्दु धर्ममा पिपलको धेरै धार्मिक महत्व छ । आउनुहोस् जानौ ५ चमत्कारीक लाभ

पिपल औषधिय गुणहरुको प्रयोग थुप्रै असाध्य रोगमा हुने अथर्ववेदको उपवेद आयुर्वेदमा वर्णन गरिएको छ । औषधीय गुणहरुको कारणले पिपलको रुखलाई ‘कपवृक्ष’ भनिन्छ । यसको बोक्रा, पात, फलफुल, बीउ आदी सबै पिपलको तत्वहरु सबै प्रकारका बिरामीको लागि उपचारमा प्रयोग गर्न सकिन्छ ।

हिन्दु धर्ममा पिपललाई अमृततुल्य मानिएको छ । यसमा धेरै अक्सिजना हुने हुनाले प्राणवायुको भण्डारण भन्ने पनि गरिन्छ ।पिपलको पातलाई सिरानमुनि राखेर सुत्दा अक्सिजना को कमी नहुने विश्वास गरिन्छ ।

पिपलको छायाँमा स्वस्थ अक्सिजन प्राप्त गर्न सकिन्छ । यसले वातावरणलाई सन्तुलनमा राखि मानसिक शान्ती पनि दिन्छ ।

स्कन्द पुराणमा वर्णन गरिएको अनुसार पिपलको रुखमा सबै भगवानहरु वास बस्छन् । हरेक मंगलबार पिपलको रुखमा पानी चढाएर ३ पटक फेरो लगाउदा गरिबी, शोक र दुर्भाग्य हट्न सक्छ । अश्रत्थ व्रत गर्दा कन्यालाई सौभाग्य प्राप्ती हुन्छ ।

शनिबार पिपलको रुखमा पुजा गरेर कालो तिलको साथमा रायोको तेलको दियो बालेर सात पटक परिक्रमा गर्दा शनिको कष्ट कम हुन्छ । साउन महिनाको शनिबार पिपलको रुखमुनि हनुमानको पुजा गर्दा सबै प्रकारको संकटबाट छुटकारा पाउन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्