Logo

नेपालमा पहिलोपटक पत्रकार र स्वाथ्यकर्मीमा कोरोनाको संक्रमण



काठमाडौं, ३० वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । आज एकै दिन किर्तिमानी संख्यामा नयाँ संक्रमित भेटिएका छन् जसमध्ये पत्रकार पनि छन् ।

पर्साका नेपाल पत्रकार महासंघका पदाधिकारीलाई नै कोरोना भाइरसको सक्रमण भएको छ । कुल दुईजना पत्रकार संक्रमित भएको पुष्टि भएको छ । नेपालमा पहिलोपटक पत्रकारलाई कोरोना भाइरसको संक्रमण भेटिएको हो ।

आज नै पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । कपिलवस्तुको अस्पतालकी २५ वर्षीया स्टाफ नर्समा संक्रमण पत्ता लागेको हो । उनीसँग सम्पर्कमा पुगेका अन्य स्वास्थ्यकर्मीको पनि परीक्षण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्