Logo

सांसदहरुको आवतजावत रोक्न गृह मन्त्रालय मौन



काठमाडौं, ३१ बैशाख । सरकारले आवत जावतमा कडाई गरिएको घोषणा गरेपनि सांसदहरुको आवतजावतमा भने गृह मन्त्रालय मौन रहेको छ ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सांसदहरुलाई आवाज जावतमा रोक्ने बारे मन्त्रालय केही नबोलेको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले सांसदहरुका बारेमा स्थानीय प्रशासनले नै निर्णय गर्न सक्ने बताएका छन् । “उनीहरु जानु पर्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको पूर्व स्विकृती लिएर माननीयहरु जानु सक्नुहुन्छ,” शर्माले भने ।
गृह प्रवक्ता शर्माले विशिष्ट व्यक्तिहरुलाई दिइएको सुरक्षाकर्मी घटाउने सम्वन्धी नयाँ कार्यविधि मन्त्रीपरिषद्मा पठाइएको जानकारी दिएका छन् ।

उनले कार्यविधि मन्त्रीपरिषद्बाट स्विकृत भएपछि कार्यान्वयन गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको तर अहिले नै केही गर्न सक्ने अवस्था भने नरहेको उल्लेख गरेका छन् । उनले आवाजजावतलाई पहिला भन्दा कडाई गर्न गृह मन्त्रालयले मातहतका निकायहरुलाई निर्देशन दिएको पनि जानकारी दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्