Logo

उपत्यकामा प्रहरीलाई पनि कोरोना संक्रमण



काठमाडौं, ३१ वैशाख । उपत्यकामा कोरोना संक्रमित भएकामध्ये एक जना प्रहरी भएको खुलेको छ । भक्तपुरको दुवाकोटस्थित निल बराही गणमा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण देखिएको हो ।

उनलाई टेकु अस्पताल भर्ना गरिएको छ । एक महिनाअघिसम्म उनी नेता भिम रावलको सुरक्षामा खटिएका थिए । गणमा अन्यलाई पनि सारेको आशंकामा परीक्षण सुरु गरिएको छ ।

भक्तपुरकै अर्काे संक्रमित व्यक्ति महिला हुन् । उनी पेशाले नर्स हुन् । केही दिनअघि मात्र उनी सुनसरीबाट आएकी थिइन् । उनी मोटरसाइकलमा उपत्यका भित्रिएकी थिइन् ।

काठमाडौंकी संक्रमित चन्द्रागिरी नगरपालिकाकी महिला हुन् । उनी पनि लकडाउनमै उपत्यका छिरेको खुलेको छ ।
केही दिनयता उपत्यकामा संक्रमित जिल्लाबाट ठूलो संख्यामा सर्वसाधरण आएकाले उच्च जोखिम बढेको छ । दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्