Logo

साढे दुई अर्ब भन्दा माथि एनआईसी एशिया बैंकको खुद नाफा



काठमाडौँ ३१ वैशाख : एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ५० करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधीको तुलनामा २२ करोड ४० लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको यहि अवधिमा बैंकले २ अर्ब २७ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ५८ करोड ४४ हजार रुपैयाँले बढेर ३ अर्ब ८० करोड ४० लाख रुपैयाँ पुगेको छ।

यस अवधीमा बैंकले एक खर्ब ८८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरी ५ अर्ब ५२ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १९ करोड ८७ लाख रुपैयाँ बढी हो।

चुक्ता पूँजी ९ अर्ब ७१ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड ४५ लाख रुपैयाँ सञ्चित छ। यस्तै, शेयरधनी कोषमा एक अर्ब ६४ करोड ५२ लाख रुपैयाँ रहेको छ भने बैंकको वितरण योग्य मुनाफा ४० करोड ७४ लाख रुपैयाँ रहेको छ।

बैंकको खराब कर्जा अनुपात भने बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ०.४८ प्रतिशत रहेको बैंकको खराब कर्जा ०.७६ पुगेको छ। बैंकको कष्ट अफ फण्ड ७.०२ प्रतिशत, आधार दर ९.६१ प्रतिशत र स्प्रेड दर ४.९२ प्रतिशत रहेको छ।

यस अवधीमा बैंकको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ६८ पैसा, प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ३१ पैसा र मुल्य आम्दानी अनुपात १४.३० गुणा छ। मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्