Logo

२ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित २१९



धनुषा, ३१ बैशाख । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या २१९ पुगेको छ । आज धनुषामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुवैजना महिला हुन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनसुसार मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार जनकपुुर उपमहानगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रदेश नम्बर–२ मा कोरोना संक्रमितको केन्द्रबिन्दु बनेको छ ।

हिजो एकैदिन ८३ जना कोरोना भइरसका संक्रमित पत्ता लागेकामध्ये ८० जना तराईका जिल्लाका छन् । यसले तराई क्षेत्रमा त्रास बढाएको छ ।

कोरोना भाइरसको संक्रमण तिव्ररुपमा बढेसँगै सरकारले पुनः लकडाउन कडा पार्न निर्देशन दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना जोखिम कायम रहेकाले लकडाउन कडा पार्न निर्देशन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्