Logo

लकडाउनमा चोरी



विराटनगर, ३१ बैशाख । लकडाउनको अवसर पारी कोहि नभएको अवस्थामा घर चोरी भएको छ । विराटनगर २ तिनपेनी स्थित रोशनी कार्कीको घरमा २९ गते बिहान करीब ६ बजेतीर सुन चादी सहित धनमाल चोरी भएको हो ।

विगत ५ महिना देखि घर मा ताल्चा लगाइएको थियो । घरमा कोही नभएको मौका पारेर चोरी भएको परिवारको सदस्य रोशनी कार्कीले बताइन् । चोरले सुनको औठी १ थान, सुनको सिक्री १ थान, चादीको कचौरा र प्लेट २÷२ थान, चादीको पाउजु ३ थान, बच्चाको कल्ली चादीको २ थान, मोतीको ज्वेलरी ३ थान र चादीको सिक्का लगेको छ ।

छानविनको लागि चोरी भएको विवरण सहितको निवेदन जिल्ला प्रहरी कार्यालय मोरङमा दिएको पिडित परिवारले बताएका छन् । लकडाउनको समय भएकोले घरका कोही पनि सदस्य पुग्न नसकेकाले अझै के कति चोरी भयो भनेर एकिन विवरण आइसकेको छैन । अहिले प्राप्त विवरण छिमेकी र प्रहरीको रोहवरमा संकलित हुन् ।



प्रतिक्रिया दिनुहोस्