Logo

निदान अस्पतालकी एक कर्मचारी कोरोना संक्रमित,अस्पताल सिल



काठमाडौँ ३१ वैशाख : ललितपुरको पुल्चोक स्थित निदान अस्पतालका एक कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।भक्तपुरमा देखिएका दुई कोरोना संक्रमित मध्यकी एक यि संक्रमित निदान अस्पतालमा कार्यरत थिइन् ।

उनमा मंगलबार कोरोना संक्रमणको पुष्टि भएपछि अस्पताल बुधबार बिहानदेखि सिल गरिएको हो ।

२५ वर्षिय यि युवती केहि दिन अघि सुनसरीबाट पासका माध्यमबाट काठमाडौँ भित्रिएकी थिइन् । उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्