Logo

दोस्रो दिनपनि नेप्सेमा नकारात्मक सर्किट, खुलेको ४५ मिनेट नबित्दै बन्द भयो बजार



काठमाडौँ ३१ वैशाख : शेयर बजार मापक नेप्से सूचक २ प्रतिशतले घटेपछि बुधबार पनि बजार खुलेको ४५ मिनेट नबित्दै बन्द भएको छ। बजार खुलेदेखिनै निरन्तर ओरालो लागेको नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेपछि बजार बन्द भएको हो।

अघिल्लो दिन मंगलबार पनि करिब डेढ घण्टामा नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेपछि बजार बन्द गरीएको थियो। ४९ दिनपछि मंगलबारबाट खुलेको बजारमा हरेक दिन उच्च दरले घटेको छ।

लकडाउनको समयमा दैनिक २ घण्टा बजार खोल्ने भनिएपनि २ घण्टा नपुग्दै नेगेटिभ सर्किट लागेपछि बजार बन्द भएको हो। नेप्सेले लकडाउन अवधिभर खुल्ने बजारमा नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेमा सो दिनको लागि शेयर बजार बन्द गर्ने नयाँ व्यवस्था गरेको छ। सोहि अनुसार बजार बन्द भएको हो।

यस अवधिका ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ जसमा कुनै पनि कम्पनीको शेयरमूल्य बढेको छैन।

यस दिन नेप्से सूचक २४.५८ अंक अर्थात २.०१ प्रतिशतले घटेर १२०१.५७ विन्दुमा झरेको छ। अघिल्लो दिन पनि नेप्से २५ अंकले घटेको थियो। मेरोलागानी



प्रतिक्रिया दिनुहोस्